विपद् उद्धार तयारी सुदृढ बनाउने उद्देश्यले सिप्रदियन सहायता संस्थाद्वारा सुनसरी प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण गरिएको छ।
सुनसरी, ६ जेठ २०८३ जिल्ला प्रहरी कार्यालय सुनसरीलाई रेस्क्यु बोट, लाइफ ज्याकेट, प्याडल, हेल्मेट तथा पेट्रोलचालित चेन–स लगायतका अत्यावश्यक उद्धार सामग्री हस्तान्तरण गरिएको हो। यी सामग्री बाढी, डुबान, हावाहुरी तथा अन्य प्राकृतिक विपद्का समयमा खोज तथा उद्धार कार्यमा प्रयोग गरिनेछ।
एसपी केशव कुमार थेबेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य दीपक कुमार साहको उपस्थिति रहेको थियो। साथै सिप्रदियन सहायता संस्थाका प्रतिनिधिहरू तुलसीजंग बस्नेत, रजत श्रेष्ठ र बिमल गौतमको सहभागिता रहेको थियो।
#Sipradi#disasterreliefnepal#CSRActivities